गत साता करिब साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Apr 27, 2025 06:35 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७२२.७३ विन्दुमा बन्द भएको नेप्से, गत साता २.३८ प्रतिशत अर्थात ६४.७१ अंक घटेर २६५८.०२ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से परिसूचकले २६५० देखि २७०० को प्रतिरोध क्षेत्रमा रहेको छ। साताको अन्तिम कारोबार दिन नेप्से सोही क्षेत्रमा नै बन्द भएको छ। आगामी दिनमा नेप्से ओरालो लागेमा भने २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश इन्गल्फिङ्ग मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले डोजी मैनबत्ती बनाएको छ। जसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ८ अर्ब २० करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ८१ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २०.४१ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा एकै विन्दुमा पुगेका छन्। जसमा एमएसिडी रेखा माथिबाट तल झरेको हो भने सिग्नल रेखा तलबाट माथि गएको हो। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ जसले बजार घट्ने संकेत गर्नेछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।