गत साता करिब साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

May 11, 2025 05:46 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २६२३.८३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.४४ प्रतिशत अर्थात ३७.८१ अंक बढेर २६६१.६४ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने २ कारोबार दिन बढेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्रमा

अघिल्लो साता २६५० देखि २७०० को प्रतिरोध सामना गरी ओरालो लागेको नेप्से, गत साता बढेर पुनः त्यही क्षेत्रमा पुगेको छ। नेप्से पछिल्लो समय सो क्षेत्रमा धेरै पटक प्रतिरोध परीक्षण गरिसकेको छ। आगामी दिनमा नेप्से सो क्षेत्र तोडेर उकालो लागेमा २७५० देखि २८०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा भने २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ५६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ४२ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १३.५३ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

साताको अन्तिम कारोबार दिन एमएसिडीमा बुलिश क्रशओभर बनेको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा बढ्ने संकेत गर्दछ। त्यस्तै, सो दिन हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रतर्फ बढेको छ।

बिक्रीचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले गत साता बजारमा खरिद चापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

May 28, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड(HLI)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।