इम्पेरमेन्ट चार्ज घटेपछि लक्ष्मी लघुवित्तको खुद नाफा धनात्मक

May 07, 2024 09:16 AM Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा लघुवित्तले ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ९ करोड १७ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेपछि लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.९७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७५.३१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै धनात्मक हुन पुगेको हो।

तेस्रो त्रैमासका अन्त्यसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात ६५.६ गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा रहेको छ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ४४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ६ अर्ब ४ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।