बजेट घोषणाको अघिल्लो दिन मध्यरातमा अर्थमन्त्रीलाई करका दर हेरफेर गर्न दबाव दिनेहरु को हुन् ?

May 29, 2024 08:39 PM Merolagani

मंगलबार घोषणा भएको आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रममा केही व्यवसायीहरुले अन्तिम समयसम्म पनि अर्थमन्त्री वर्षमान पुनलाई सोझै दबाव दिएको रहस्य खुलेको छ । त्यस्तो रहस्य अरु कसैले होइन, स्वंय अर्थमन्त्री पुनले खोलेका हुन् । 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले बजेट घोषणा हुनुभन्दा अघिको रात आफूलाई निकै दबाव आएको स्पष्ट पारे । ‘ह्वाट्सएपमा सबैभन्दा धेरै म्यासेज आयो । जब रात पर्दै जान्छ, यस्तो कुरा आउँदै जाने रहेछ । जब रात छिप्पिँदै गयो, म्यासेज आउने क्रम बढ्दै गयो । १२ बजेतिर त यति धेरै आयो कि भनिसाध्य छैन । कसले के भन्छ भनेर हामी सबैले आपसमा सेयर गर्यौं । मलाई आउने जस्तै सचिवलाई पनि आउने रहेछ । यसमा करियर छ । यसमा बिबाद हुन्छ भनेर आउने गरेको थियो ।’’ अर्थमन्त्री पुनले पत्रकारहरुसंग भने ।

उनले फलामे छडको कर निर्धारणको विषयमा निकै दबाव महसुस गरेको बताए । उनको भनाई थियो—'स्पन्ज आइरनमा तपाईहरुले यसो गर्दै हुनुहुन्छ रे भन्ने म्यासेज आयो । यसमा बिवादमा पर्नु हुन्छ भन्ने सुझाव पनि थियो । मैले यसका बारेमा सचिव, राजस्व हेर्ने साथीहरुलाई पनि भनेको थिएँ । यसमा मलाई लुकाउनु पर्ने केही नै थिएन ।' 

आफूलाई व्यवसायीहरुले मध्यरातसम्म दबाव दिंदा प्रभावमा नपरेको दावी गरेका अर्थमन्त्री पुनले ती व्यवसायीको नाम भने भनेनन् ।

 

comments powered by Disqus

११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।