नाडा अटो शो २०२४ मा कुन कुन गाडीकाे कति भयाे बुकिङ ?

Sep 03, 2024 04:21 PM Merolagani



आईतबार नाडा अटो शो २०२४ सम्पन्न भयाे । नाडा अटो शो गत भदाै ११ देखि भदाै १६ गतेसम्म चलेकाे थियाे । १६ संस्करणको नाडा अटो शोमा ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेका थिए । 

उक्त नाडा अटो शोमा कैयाैं नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरुको प्रदर्शन गरिएकाे थियाे ।खासगरी,अटाे शाेमा विद्युतीय सवारी साधनको बर्चस्व रहेको यो प्रदर्शनीमा अवलाेकनकर्ताहरूकाे बाक्लाे सहभागिता देखिएकाे नाडाकाे भनाइ छ । यस्तै,अवलाेकनकर्ताहरूकाे खास चासाे माेटरसाइल तथा स्कुटरमा देखिएकाे थियाे। विशेषगरी,विद्युतीय कार र स्कुटरका स्टलमा उनीहरूकाे बाक्लाे उपस्थिति देखिन्थ्याे ।

अटो शो सकिएसँगै विभिन्न कम्पनीहरुले आफ्ना सवारी साधन प्रदर्शनका विषयमा जानकारी दिएका छन् ।

यस शाेमार्फत् ट्राइम्फको मोटरसाइकल १५० भन्दा बढी बुकिङ गरिएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात गरिरहेको छ । स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरिएकाे छ।

नाडा अटो शो २०२४ मा ७७० वटा बीवाईडी गाडी बुकिङ भएका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ एट्टो ३ रहेका छन् । उक्त अटो शोमा बीवाईडीले नयाँ गाडी सिलायन ७ र नयाँ भर्सनको एट्टो ३ तथा डल्फिन लगायतका गाडी प्रदर्शन गरेको थियो । त्यसैगरी बीवाईडीको ब्लेड ब्याट्री र बीवाईडीको ईभीका लागि छुट्टै आफ्नै प्लेटफर्म ई–प्लेटफर्म ३.० समेत प्रदर्शन गरेको थियो ।

उक्त नाडा अटो शोमा विद्युतीय कार स्काइवेलका १२६ युनिट गाडी बुकिङ भएको छ । जी मोटर्सले सबैभन्दा बढी रेन्ज दिने विद्युतीय कारका विभिन्न मोडल शाेमा सार्वजनिक गरेको थियाे। स्काइवेलका ६२०,५२० र ४१० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी प्रदर्शन गरिएको थियाे । 

नाडा अटो शो २०२४ मा नामी ब्रान्डका गाडीकाे पनि राम्राे बुकिङ गरिएकाे छ ।  एमएडब्लु वृद्धि अटोकर्प नामी नेपालका लागि आधिकारिक वितरक रहेकाे छ । कम्पनीका अनुसार शाेमा ७१७ युनिट नामी ईभी बुकिङ गरिएकाे छ ।

एमएडब्लु वृद्धि अटोकर्पका अन्य ब्रान्ड सेरेसका २१० युनिट बुक भएका छन् । यसैगरी, दिपलका १६५ युनिट भन्दा बढी गाडी बुकिङ भएकाे कम्पनीले जनाएकाे छ ।

अर्काेतर्फ, एसपीजी अटोमोबाइलले प्रदर्शन गरेको जेको जे ६ र ओमोडा ई ५ का ३५० युनिट भन्दा बढी बुकिङ भएको छ ।

यसैगरी,टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटाे शाेमा राखेकाे टाटा पन्च ईभीकाे पनि राम्राे बुकिङ भएकाे छ । टाटा पन्च ईभीकाे ६४४ गाडी बुकिङ भएको कम्पनीकाे भनाइ छ । यी गाडीकाे ३३ लाख ९९ हजार रुपैयाँ प्रारम्भिक मूल्य रहेकाे छ । 

शाेमा नामी ई१,नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्ट प्रदर्शन गरिएकाे थियाे । नामी ई१काे मूल्य २९ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ भने नामी ई२ ३१ लाख ९९ हजार रूपैयाँ र नामी ई३ ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएकाे छ । यससँगै, ड्युअल टोनको लागि भने थप ५० हजार रुपैयाँ लाग्ने भएकाे छ ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।