नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीकाे सम्भावना बलियाे

Sep 05, 2024 12:36 PM Merolagani



नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त हुने सम्भावना बलियाे देखिएकाे छ।मन्त्रिपरिषद्काे बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने सम्भावना बलियाे देखिएकाे हाे ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्तामा रहेकाे समयमा गठन गरिएकाे सिफारिस समितिले सार्वजनिक रुपमा आवेदन मागेकाे थियाे । साे समयमा, लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम पनि सिफारिस गरेको थियो ।

पूर्व सञ्चार सचिव रामकृष्ण सुवेदीको पालामा संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र शालिग्राम पराजुलीको नाम सिफारिस गरेको थियाे । नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।