घट्यो पेट्रोलियम पदार्थको मूल्य

Sep 30, 2024 09:03 PM Merolagani



भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले मूल्य घटाएको छ। 

निगमले भोलिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धन प्रति लिटर ६ रुपैयाँले घटाएको हो। त्यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ। अब पेट्रोलको नयाँ मूल्य १५८ रुपैयाँ, डिजेल तथा मट्टितेलको नयाँ मूल्य १४७ रुपैयाँ, आन्तरिक हवाई ईन्धन १२६ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंको हकमा प्रति किलोलिटर ९६० डलर तथा पोखरा र भैरहवाको हकमा ८६० डलर कायम भएको छ।

एलपीजी ग्याँसमा प्रति सिलिन्डर २६९।८० रुपैयाँले घाटा भए पनि पुरानो विक्री मूल्यलाई नै यथावत राखिएको छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।