सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM Merolagani



असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । दशैं पूर्व गत असोज २३ गते छापावाल सुन एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार कारोबार भएको थियो

त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको छ । गत असोज २३ गते बुधबार चाँदीको मूल्य तोलामा हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।




comments powered by Disqus

रविसँगै जेल जाने १४ जना काे काे हुन् ?

Oct 18, 2024 06:03 PM

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।