अब साना कम्पनीको शेयर कारोबार गर्न छुट्टै इन्डेक्स, डेढ वर्षदेखि अर्थमन्त्रालयमा अडकिएको प्रस्ताव मन्त्रिपरिषदमा

Nov 08, 2024 06:18 PM mero lagani



सरकारले शेयर बजारमा सूचीकृत कम्पनीहरुलाई साना र ठूला वर्गमा विभाजित गर्दै साना कम्पनीहरुको लागि छुट्टै इण्डेक्स (एसएमई प्लेटफर्म) बाट कारोबार गर्ने व्यवस्था गर्ने भएको छ । 

नयाँ व्यवस्थापछि थोरै पुँजी भएका कम्पनीहरुलाई पनि पूँजी बजारमा आउन सहज हुने अपेक्षा गरिएको छ ।

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)को एउटै इन्डेक्समा ठूला–साना सबै प्रकारका कम्पनीको शेयर कारोबार हुँदै आएको छ । नयाँ व्यवस्था भएपछि साना कम्पनीहरुलाई अलग्याएर छुट्टै इन्डेक्समा कारोबार गर्ने र ठूला कम्पनीहरुले अहिलेकै इण्डेक्स अनुसार कारोबार गर्नेछन् ।

करिब डेढ वर्षअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौता कम्पनी (एसएमई)को धितोपत्र कारोबार सम्बन्धी नियमावलीको मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । त्यसयता मन्त्रालयले थन्क्याएर राखेको उक्त मस्यौदा पारित गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ । उक्त प्रस्ताव अबको केही दिन भित्र मन्त्रिपरिषदको बैठकबाट पारित गरेर कार्यान्वयन गर्नको लागि अर्थमन्त्री विष्णु पौडेलले नै चासो दिएको बताइएको छ ।

प्रस्तावित नियमावलीमा एसएमई प्लेटफर्ममा दर्ता भएका कम्पनीहरुले आइपीओ ल्याउन रेटिङ गर्न अनिवार्य गरिएको छैन भने प्रिमियममा आइपीओ ल्याउन पाउने प्रावधान राखिएको छ ।




comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।