नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँ खरिदबिक्री भएको थियो ।