आईतवार नेपाल राष्ट्र बैंकको २०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन,रेमिट्यान्स,मुद्रास्फीति समेत सिमाभित्रै नियन्त्रणमा रहेको बताए।
उनले राष्ट्र बैंकले अवलम्वन गरेको मौद्रिक नीतिको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको दाबी गरे । उनले पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा रहेको बताए ।
अर्थमन्त्री पौडेलले ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग र अभिप्रेरित कसरी गर्ने प्रश्न उब्जिएको उल्लेख गरे । ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग गर्ने विषयमा राष्ट्र बैंकको ध्यान जानुपर्ने उनको भनाई छ ।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिको आवधिक समिक्षा पनि अन्तिम चरणमा पुगेको भन्दै अर्थतन्त्रको अवस्थालाई ब्याख्या र विवेचना गरेर उचित निर्णयमा पुग्ने आशा रहेको बताए । उनले बैंकहरुमा तरलता सहज र ब्याजदर घटेको भन्दै अर्थतन्त्रका केही सूचकहरुलाई सरकारले सकारात्मक रुपमा लिएको बताए । उनले नेपालमा पहिलो पटक कन्ट्री रेटिङको काम सकेको बताए ।
उनले सम्बन्धित संस्थाले केही समयभित्रै कन्ट्री रेटिङको सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्ने बताए। उनले कन्ट्री रेटिङको प्रतिवेदनमा नेपालको अर्थतन्त्रको वास्तविकता कन्ट्री रेटिङमा ठिक ढङ्गले समावेश हुने विश्वास रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा केही चुनौतीहरु देखापरेको बताए ।
उनले भने,‘अहिले मुलुकको अर्थतन्त्रका वाह्य पक्षहरु सबल र सकारात्मक छन् । सरकारको विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन,रेमिट्यान्स,मुद्रास्फीति सिमाभित्रै नियन्त्रणमा छ । बैंकहरुमा तरलता राम्रो छ । बैंकिङ ब्याजदर घटेको छ । यी सबै अर्थतन्त्रका सूचकहरुलाई सरकारले सकारात्मक रुपमा लिएका छौं । नेपालमा पहिलो पटक कन्ट्री रेटिङको काम सकेका छौं । केही समयभित्रै कन्ट्री रेटिङको सम्बन्धित संस्थाले प्रतिवेदन सार्वजनिक गर्नेछ । हामीले आशा गरिरहेका छौं । नेपालको अर्थतन्त्रको वास्तविकता कन्ट्री रेटिङमा ठिक ढङ्गले समावेश हुनेछ । त्यो प्रतिदेनले पनि बताउनेछ । अर्थतन्त्र सुधारको लागि अनकुल वातावरण छन् भन्नेकुरा देखाउने छ । मुलुकको अर्थतन्त्रमा केही चुनौतीहरु देखापरेका छन् । समग्र माग घटेको अवस्था छ । उत्पादन,रोजगारी,आयात,निर्यात,राजश्व र पुँजीगत खर्च गर्ने विषयमा सरकार दबाबमा वा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको अवस्थामा छौं । यसमा सरकारको ध्यान केन्द्रित हुनु पर्ने अवस्था छ । राष्ट्र बैंकले अवलम्बन गरेका मौद्रिक नीति मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा छौं । ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा कसरी सदुपयोग र अभिप्रेरित गर्ने प्रश्न उब्जिएका छन् । त्यस विषयमा राष्ट्र बैंकको ध्यान जाने छ । राष्ट्र बैंकले मौद्रिक नीतिको आवधिक समिक्षा पनि अन्तिम चरणमा पुगेको छ । त्यो अवस्थामा पनि अर्थतन्त्रको अवस्थालाई ब्याख्या विवेचना गरेर उचित निर्णयमा पुग्ने आशा छ ।’
उनले समग्र बजारको मागमा कमी हुने,उत्पादन,रोजगारी,आयात,निर्यात,राजश्व र पुँजीगत खर्च गर्ने विषयमा सरकार दबाबमा वा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको उल्लेख गरे । उनले समग्र बजार माग वृद्धि गर्ने, उत्पादन,रोजगारी,आयात,निर्यात,राजश्व र पुँजीगत खर्च वृद्धि गर्नमा सरकारको ध्यान केन्द्रित भइरहेको बताए ।