अराजक दुर्गा प्रसाईँ गिरफ्तार हुँदा बढ्नु पर्ने बजार किन घट्यो ?

Nov 19, 2024 05:32 PM merolagani



मंगलबार शेयर बजारमा फराकिलो अंकको पहिरो गयो। ५१.११ अंकले सूचक घट्दा २७०२.६५ अंकमा सूचक खुम्चियो।

मंगलबार शेयर बजार घट्नुको मुख्य कारण दुर्गा प्रसाईँ पक्राउ पर्नुलाई मानिएको छ। धेरै जसो लगानीकर्ताले सामाजिक सञ्जालमा प्रसाईँ पक्राउ परेका कारण बजार घटेको भनेर लेखेका छन्। जबकि प्रसाईँ र शेयर बजारको कुनै गहिरो सम्बन्ध देखिँदैन। बरु प्रसाईँले शेयर बजारका विरुद्धमा बेला बेलामा टिप्पणी गर्दै आइरहेका थिए। बरु उनी पक्राउ पर्दा शेयर बजार उकालो लाग्नु पर्ने थियो। तर त्यसो हुन सकेन। उल्टै शेयर बजार घट्नुको कारण प्रसाईँको गिरफ्तारीलाई ठहर्‍याइएको छ।

ऋण लिएपछि तिर्नु पर्ने सर्वमान्य सिद्धान्त हो। तर प्रसाईँ ऋण मिनाह हुनु पर्छ भन्ने अभियानमा छन्। अर्को तर्फ न उनी कुनै राजनीतिक व्यक्तित्व नै हुन्। जसले गर्दा प्रभाव पर्नु पर्ने आवश्यकता देखिन्छ। तर पनि लगानीकर्ता भने आफ्नो भएको सम्पत्ति बिक्री गरेर सुरक्षित हुन खोजे। जबकि त्यस्तो गर्नु पर्ने अवस्था छैन। बैंकको ब्याजदर घट्दो क्रममा छ भने तरलता अझै पनि पर्याप्त छ। बैंक वित्तीय संस्थाले प्रवाह गर्ने शेयर कर्जा बढिरहेको छ। लगानीको अन्यत्र अवसर नहुँदा धेरै मानिस अवसर खोज्दै शेयर बजार पस्ने क्रम बढेको छ। तैपनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।

मंगलबार हल्लाले बढी काम गर्‍यो। अर्को तर्फ हल्ला कै पछि लाग्दा ठूला टप टेन ब्रोकरले किन्ने भन्दा बढी सेल दिए। जसले गर्दा शेयर बजार अनावश्यक रुपमा घट्न पुग्यो। तर घटेको बजारमा समेत १० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएकोले लगानीकर्ता अत्तालिनु पर्ने आवश्यकता नरहेको जानकारहरू बताउँछन्।      




comments powered by Disqus

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट

Nov 25, 2024 10:42 AM

मंसिर १० गते, सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।