दुलहीलाई बीमा पाेलिसी दाइजाे दिँदा दुलाहा पक्ष आश्चर्य चकित

Nov 24, 2024 05:36 PM mero lagani



चेलिबेटीको विवाहमा दाइजो दिनु हिन्दू धर्मको अभिन्न पाटो हो । दाइजोमा सरसमानको साथै नगद दिइने प्रचलन छ ।

तर, गत साता भएको आफ्नो भदैनीको विवाहमा गुल्मीका तीन दिदी बैनीले दाइजोवापत बीमा पोलिसी दिएर सबैलाई आश्चर्यमा पारेका छन् । उनीहरुले दाइजोमा भदैनीलाई दिएको बीमा पोलिसी उपहार अहिले चर्चाको विषय बनेको छ ।

रेसुङ्गा नगरपालिका वडा नं ११ सिमीचौरकी सुजाता थापाको विवाहमा उनका तीन जना फूपुहरुले दाइजो वापत ५ लाख रुपैंया बराबरको सिटिजन शुभारम्भ बीमा योजनाको बीमा पोलिसी उपहार प्रदान गरेका छन् । सुजाताका फूपुहरु गङ्गा थापा, तारा थापा केसी र पार्वती थापा कार्कीले संयुक्तरुपमा उक्त दाइजो दिएको देखेपछि माइती र दुलाहा पक्ष आश्चर्य चकित भएका थिए । उनीहरुको विवाह अहिले चर्चाको विषय बनेको छ ।




comments powered by Disqus

जीवन विकास लघुवित्तको लाभांश घोषणा

Nov 24, 2024 10:08 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।