नेप्से र कारोबार रकम दुबै बढ्यो

Nov 26, 2024 03:08 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब १६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने करिब साढे ३३ अंक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ३३.४१ अंक बढेर २७१६.६६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार ५७२ पटकको कारोबारमा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपयाँबराबरको १ करोड ४२ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ ७० पैसा घटेर १ हजार ३२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।