मौद्रिक नीतिको समीक्षाः नेपाल राष्ट्र बैंक आफै पर्ख र हेरको अवस्थामा रहेको सिविफिनको दावी

Nov 30, 2024 07:22 PM mero lagani



वैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले नेपाल राष्ट्र बैंक आफूले नै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कुनै स्पष्ट दृष्टिकोण र नीति अगाडि सार्नुको साटो पर्ख र हेरको रणनीति अवलम्बन गरेको
दावि गरेको छ ।

परिसंघले मौद्रिक २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पु¥याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको ठानेको उल्लेख गरेको छ ।

वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले जारी गरेको विज्ञप्तीमा भनिएको छः

नेपाल राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरुमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरु भने झन शिथिल हुँदै गएको तत्कालिन परिस्थिति र आम अपेक्षाहरुलाई सुक्ष्मरुपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाउनका लागि धेरै हदसम्म लचकता अपनाउँदै गत श्रावणमा आएको २०८१÷८२ को मौद्रिक नीतिले आमरुपमा आशा र उत्साह जगाएकोमा परिसंघले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरुमार्फत समयानुकुलरुपमा थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता बोध गरिएको थियो ।

मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरु कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरुको खराव÷निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा बृद्धि भइरहेको, अपेक्षाकृतरुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरुले समेत गति लिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको, सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिकावीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरुलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगत कै कार्यदिशालाई मात्र निरन्तरता दिइनुले मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र आर्थिक क्रियाकलापहरुले आशातितरुपमा गति नलिने हो कि भन्ने चासो बढाएको छ ।




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।