सेयर बजारका लगानीकर्ताले खोलेको एभरेष्ट भेन्चर्सले लगानी बढाउने

Nov 30, 2024 06:33 PM merolagani



सेयर बजारका लगानीकर्ताले खोलेको एभरेष्ट भेन्चर्सले लगानी बढनउने पूँजी बजारमा लगानी गर्दै आएकाहरुले स्थापना गरेको लगानी कम्पनी एभरेष्ट भेन्चर्स लिमिटेडले प्रथम बार्षिक साधारणसभा गरी नयाँ संचालक समिति चयन गरेको छ ।

काठमाडौको कमलपोखरीमा शनिवार आयोजित साधारणसभाले डिल्लीराम बसेल, नयन्ँद्र बास्तोला, बासुदेव खरेल, केवलप्रसाद फुँयाल र भुपाल चालिसे रहेको पाँच सदस्यीय संचालक समिति चयन गरेको हो ।

साधारणसभा लगत्तै बसेको संचालक समितिको बैठकले डिल्लीराम बसेललाई संचालक समितिको अध्यक्ष चयन गरेको छ ।  कम्पनीको साधारणसभाले विभिन्न बार्षिक प्रगति प्रतिबेदन र लेखापरीक्षण प्रतिबेदन पारित गर्नुका साथै प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन समेत गरेको छ ।

कम्पनीले तत्कालका लागि धितोपत्र बजारमा लगानी बढाएर सेयरधनीलाई आउने बर्ष राम्रो प्रतिफल दिने अठोट गरेको छ । ५० करोड जारी पूँजी रहेको कम्पनीमा ३५ करोड रुपैयाँ संस्थापक लगानी रहने र जारी पूँजीको ३० प्रतिशत अर्थात  १५ करोड बराबरको सेयर सर्बसाधारणमा जारी गरिने बताईएको छ । कम्पनी अधिकृत पूँजी भने दुई अर्ब रहेको छ । कम्पनीले निकट भबिष्यमा आफ्नो पूँजी बढाएर लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको अध्यक्ष बसेलले बताए ।

  कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा सेयर बजारका लगानीकर्ता तिलक कोइराला छन् । 




comments powered by Disqus

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

Nov 26, 2024 10:27 AM

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ।