कुमारी बैंक लिमिटेड र भिजन कार्ट प्रा.लि. बिच सम्झौता

Dec 01, 2024 02:04 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL) र बुढानिलकण्ठ,काठमाण्डौस्थित भिजन कार्ट प्रा.लि.बीच कुमारी बैंकका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंकका ग्राहकहरूलाई ओपीडी (OPD) शुल्क र परीक्षणमा ४०% छुट (अधिकतम ४,००० रूपैयाँसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५% सम्म छुट दिईन्छ । यसका साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५% छुट, सनग्लासमा १०% छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिईनेछ ।

कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । आगामी दिनहरुमा पनि बैंकले अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।




comments powered by Disqus

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

Dec 01, 2024 10:28 AM

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।