सुन र चाँदीको मूल्यमा भारि वृद्धि, कति पुग्यो मूल्य ?

Dec 10, 2024 11:21 AM Merolagani



मंसिर २५ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य भारि वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।




comments powered by Disqus

उर्जामन्त्रीसँग वारपार गर्ने मुडमा रहेका कुलमानले काटिदिए कांग्रेस संसदीय दलको विद्युतको लाइन

Jan 09, 2025 05:16 PM

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटिदिएको छ ।