निरन्तर चौथो दिन डलरको मूल्यले बनायो नयाँ रेकर्ड

Jan 04, 2025 06:37 AM Merolagani



नेपाली बजारमा अमेरिकी डलरले पुनः नयाँ रेकर्ड बनाएको छ। डलरले निरन्तर चौथो दिन रेकर्ड बनाएको हो। सन् २०२५ लागेदेखि रेकर्ड डलरले दैनिक नयाँ रेकर्ड बनाउन थालेको हो।

नेपाल राष्ट्र बैंकले आज (पुस २० गते) का लागि डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ भने खरिददर १३६ रुपैयाँ ९४ रुपैयाँ निर्धारण गरेको हो। यस अघि हिजो अर्थात पुस १९ गते रेकर्ड बनाएको थियो। सो रेकर्डलाई तोडेर यस दिन डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।