प्रि ओपन सेसन अपडेटः साढे १३ अंक बढ्यो नेप्से

Jan 07, 2025 10:54 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४९.१२ अंक बढेर २६४०.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.६५ अंक बढेर २६५४.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.५० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८४ स्टकको १५८ पटकको कारोबारमा १ करोड १३ लाख ५५ हजार ६७ रुपैयाँ ३० पैसाबराबरको १६ हजार २६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी १७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 12, 2025 10:34 AM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।