‘पर्ख र हेर’ को अवस्थामा चिरख्वा हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Jan 11, 2025 06:21 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५७ प्रतिशत बढेको छ। गत साता ३४८०.६३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १९३.९९ अंक बढेर ३६७४.६२ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो चिरख्वा हाइड्रोपावर लिमिटेड (CKHL) ।

यस साता कम्पनीको शेयरमूल्य ६१ रुपैयाँ बढेको छ। गत साता ७५० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ८११ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

‘पर्ख र हेर’ को अवस्थामा

यस साता कम्पनीको शेयरमूल्यले ७६५ देखि ७८५ को प्रतिरोध क्षेत्रलाई तोडेर उक्लिएको छ। आगामी दिनका लागि सो क्षेत्र टेवा क्षेत्र बनेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा सोही क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, आगामी दिनमा कम्पनीको शेयरमूल्य बढेमा ८८५ देखि ९०५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साता कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ५० हजार २८४ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २८ हजार १९१ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ७८.३६ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम, एमएसिडी रेखा र सिग्नल रेखा शून्य रेखाभन्दा माथि रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ४ करोड ५१ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले यस्तो आम्दानी गरेको थिएन। कम्पनीले २०८१ जेठ २० गतेदेखि माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी बिक्री थालेको हो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ।

असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ३ करोड ८८ लाख ६७ हजार रुपैयाँ रहेको छ भने कुल खर्च १ करोड २२ लाख ८३ हजार रुपैयाँ रहेको छ।

४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५२ लाख ४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ७० पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ६१.२१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ८.२२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ४० लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब २४ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ६८० रुपैयाँ ७९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ८५४ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य ४८० रुपैयाँ ५० पैसा रहेको छ।

ब्रोकर ३४ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ३४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको २६ हजार ४०८ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, यस साता कम्पनीको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर पनि ३४ नै रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको सबैभन्दा बढी ७२ हजार ५९४ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रिड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्ने अपेक्षामा रहेका छन्।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 12, 2025 10:34 AM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।