यस दिन नेप्से परिसूचक १.८३ अंक बढेर २५९५.९६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।
नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ६ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९९ स्टकको ६३ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७१ रुपैयाँ ३० पैसा बढेर ७८४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन न्यादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६५ रुपैयाँ घटेर ५८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको करिब ३१ करोडको शेयर किनबेच भएको छ भने सिन्धु विकास बैंकको करिब २० करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक ३.४८ प्रतिशत घटेको छ।