हकप्रद निष्काशन प्रयोजनार्थ नेको इन्स्योरेन्सले कहिले गर्दैछ बुकक्लोज?

Jan 20, 2025 10:09 AM Merolagani



नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। इन्स्योरेन्सले माघ १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम ४ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

पुस १६ र १७ गते सार्वजनिक बिदा परेका कारण पुस १५ गतेसम्म नेप्सेमा करोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।