केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४६ पैसा तोकिएको छ।
एक युरोको खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७३ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ तीन पैसा र बिक्रीदर ९६ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ९६ पैसा र बिक्री दर ९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १ पैसा र बिक्रीदर १९ रुपैयाँ ९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ६५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।