यसकारण महंगिदै छ सुनकाे भाउ

Feb 01, 2025 06:14 AM Merolagani



पछिल्लाे समय सुनचाँदीकाे मूल्य लगातार बढ्दाे क्रममा छ । यो सातापनि सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन, सुन प्रतिताेला एक लाख ६० हजार ४०० रुपैयाँ ताेकिएकाे थियाे । त्यसपछि, सुनको मुल्यमा विभिन्न उतार चढाव देखियाे । साेमबार र मंगलबार भने सुनकाे मूल्यमा गिरावट देखिएकाे थियाे । यद्धपी, बुधबार भने सुनकाे मूल्यमा भारी वृद्धि भएर प्रतिताेला एक लाख ६० हजार ६०० रूपैयाँ पुग्याे । बिहीबार भने सुन सामान्य सस्तिएकाे थियाे।

तर, साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार सुनकाे मूल्य महंगिएर प्रतिताेला एक लाख ६० हजार ५०० रूपैयाँ पुग्यो । यो मुल्य साताको पहिलो दिनको तुलनामा २ हजार ४०० रुपैयाँले बढी हो।

 

यसैगरी, महासंघका अनुसार यो साता नेपाली बजारमा चाँदीको भाउ पनि महंगिएको छ । आइतबार प्रतिताेला एक हजार ८६५ रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतिताेला एक हजार ९१५ रुपैयाँ पुग्याे । यसरी, साताभरमा चाँदी ताेलामा ५० रूपैयाँले बढेकाे हाे ।

यसकारण बढ्दैछ सुनकाे भाउ

ट्रम्प प्रशासनद्वारा लागू गरिएका नीतिहरुका कारण भूराजनीतिक अनिश्चिता बढिरहेकाे छ । साेहि कारण सुरक्षित लगानीका रुपमा लगानीकर्ता सुनतर्फ अकर्षित भइरहेकाे अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसरी, विश्व बजारमा सुनको माग वृद्धि भइरहेकाेले पनि अन्तर्राष्ट्रिय बजारमा सुनकाे मुल्यवृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको भनाई छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा अमेरिकी डलरको विनिमय दर बढ्दा नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ ।

शुक्रबार विश्व सुन बजारमा सुनकाे भाउ वृद्धि भयाे । त्यसदिन, सुन प्रतिऔंस करिब १० डलरले बढेर प्रतिऔंस २ हजार ८०५ डलर बराबरमा काराेबार भयाे ।

 




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।