यस साता ३ कारोबार दिनमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम कारोबार दिन अर्थात मंगलबार नेप्से सामान्य बढेर बन्द भएको थियो।
यस साता फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.८३ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २३.४६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १८.१३ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.१५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ९ अर्ब पुगेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638739868790142233.jpg)
१३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ५.४६ प्रतिशत बढेको छ। गत साता ५५६०.९६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३०३.५६ अंक बढेर ५८६४.५२ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। गत साता ४४६०.९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०४.२९ अंक घटेर ४३५६.७० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २१४.५२ अंक घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638739868930263662.jpg)
यस साता नेप्सेमा २८ लाख ७६ हजार ३०३.०३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता रु रु जलविद्युत परियोजना र नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र माहुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको हो।
![](https://images.merolagani.com/Uploads/Repository/638739869070802903.jpg)
यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २९.८५ प्रतिशत बढेको छ। गत साता २ हजार १९७ रुपैयाँ ९० पैसामा रहेको यस कम्पनीको शेयरमूल्य, यस साता २ हजार ८५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे २८ प्रतिशत बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य २५ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य यस साता सर्वाधिक १५.९८ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638739869202297095.jpg)
फ्लोरसिट विश्लेषण गर्दा यस साता न्यादी हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने माउन्टेन इनर्जी नेपाल, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, सुपर माइ हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638739869344670504.jpg)
![](https://images.merolagani.com/Uploads/Repository/638739869467732520.jpg)