प्रि ओपन सेसन अपडेटः साढे ४ अंक बढ्यो नेप्से

Feb 02, 2025 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार २४.५० अंक बढेर २६५७.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.६४ अंक बढेर २६६२.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२० अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ८५ स्टकको २३९ पटकको कारोबारमा ८ करोड ९२ लाख ३० हजार ९५९ रुपैयाँ ६० पैसाबराबरको ८५ हजार २८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।