खासगरी, केही वस्तुहरू अत्याधिक गर्मीका कारण विस्फोट हुन सक्छन् भने केहीले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छन्।
ट्रंक वा डिक्कीमा कस्ता वस्तुहरू राख्नु हुँदैन ?
![](https://images.merolagani.com/Uploads/Repository/638742874642253266.png)
डिक्कीमा ब्याट्री राख्नु महंगाे पर्न सक्छ
यदि तपाईं कारको ट्रंकमा कुनै पनि प्रकारको ब्याट्री राख्नुहुन्छ भने, सावधान रहनुहोस्। अत्याधिक गर्मीले ब्याट्री तातो हुन सक्छ र चुहावट हुन सक्छ । यसले विस्फोट हुने जोखिम पनि उत्तिकै छ। विशेष गरी, लिथियम-आयन ब्याट्रीहरू जोखिममा छन् । यस्ताे ब्याट्री गर्मीको सम्पर्कमा रहँदा आगो लाग्न सक्छ।
प्रेसराइज्ड कन्टेनरहरू नराख्दा उचित
कारको डिक्कीमा स्प्रे क्यान, परफ्यूम, प्रोपेन, ब्युटेन र अन्य ग्यास भरिएको प्रेसराइज्ड कन्टेनर राख्नु अत्यन्तै खतरनाक हुन सक्छ। तापक्रम बढ्दै जाँदा यी कन्टेनरहरूमा ग्यासको चाप बढ्छ जसले गर्दा जुनसुकै बेला विस्फोट हुन सक्छ र गम्भीर क्षति हुन सक्छ।
![](https://images.merolagani.com/Uploads/Repository/638742876894288821.png)
इलेक्ट्रोनिक ग्याजेटहरू पनि नराख्ने
यदि तपाईंसँग कुनै मोबाइल फोन, ल्यापटप, पावर बैंक वा अन्य इलेक्ट्रोनिक उपकरणहरू छन् भने गल्तिले पनि यी सामाग्रीहरूलाई कारको ट्रंकमा नछोड्नुहोस्। गर्मीको कारणले यसमा रहेका ब्याट्रीहरू धेरै तातो हुन सक्छन् र आगो लाग्न सक्छ। साेहि कारण तपाईंको कार र यसमा राखिएका अन्य वस्तुहरूलाई खतरामा पार्न सक्छ।
विस्फोटक पदार्थले ठूलो खतरा निम्त्याउन सक्ने
यदि तपाईंले कारमा कुनै पनि प्रकारको फायरक्रयाकर्स, पटाका वा अन्य विस्फोटक पदार्थ राख्दै हुनुहुन्छ भने यो स्वभाव तुरुन्तै परिवर्तन गर्नुहोस्। अत्यधिक गर्मी हुँदा यी वस्तुहरू हिंस्रक रूपमा विस्फोट हुन सक्छन् र तपाईंको कारलाई क्षति पुर्याउन सक्छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638742876705626294.png)
ज्वलनशील पदार्थहरू भण्डारण नगर्ने
गाडीको ट्रंकमा पेट्रोल, डिजेल, ग्यास, मदिरा वा अन्य कुनै पनि ज्वलनशील पदार्थ राख्नु खतरनाक प्रमाणित हुन सक्छ। यी पदार्थहरू तापको कारणले वाष्पमा परिणत हुन्छन् र आगो लाग्न सक्छ।
एजेन्सी ।