आप्रवासी निस्कासनमा अमेरिकाले साढे ६ अर्व डलरभन्दा धेरै खर्च गर्दै, भारतीयको निष्कासन शुरु, नेपालीको पालो कहिले ?

Feb 05, 2025 04:44 PM mero lagani



विश्वकै सबैभन्दा ठूलो आप्रवासी निष्कासन अभियान शुरु गरेको अमेरिकाले त्यसक्रममा निकै महंगो मूल्य चुकाउने भएको छ ।

हालसम्म सार्वजनिक तथ्याङक अनुसार अमेरिकाले १४ लाख ४५ हजार ५४९ आप्रवासी निष्काशन गर्दैछ । त्यसको लागि प्रतिव्यक्ति ४ हजार ६७५ डलर खर्च गरिदैंछ । त्यो आधारमा अमेरिकाले आप्रवासी निस्कासनको लागि ६ अर्व ४५ करोड ४३ लाख ७६,२४५ अमेरिकी डलर खर्च गर्ने भएको छ ।

अमेरिकाले निस्कासनमा पर्नेहरुलाई आफ्नो विशेष सैन्य जहाजबाट सम्वन्धित देशमा पुर्याउंदैछ । विशेष सैन्य जहाज प्रयोग गरिने भएकोले त्यसको लागत उच्च भएको बताइएको छ, जबकी अन्य सिभिल जहाजहरुबाट पठाउने हो भने औसतमा प्रतिव्यक्ति १ हजार डलर भन्दा धेरै नपर्ने समाचार एजेन्सी रोयटर्सले दिएको समाचारमा उल्लेख छ ।

तर राष्ट्रपति ट्रम्पले किन महंगो खर्च गरेर विशेष सैन्य विमानबाट आप्रवासीहरुलाई फिर्ता गर्दैछन् भन्ने रहस्य भने खुल्न सकेको छैन ।

विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना नागरिक परेका थिए । अमेरिकाबाट निष्कासन पर्न लागेको विदेशी नागरिकको सूचीमा १ हजार ३६५ जना नेपाली पनि छन् ।

अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । त्यस्तै चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।

निस्कासनको सूचीमा रहेकामध्ये १०४ जनाको पहिलो टोलीलाई अमेरिकी सैन्य जहाजले बुधवार अमृतसर विमानस्थलमा ल्याएर छोडेको छ । निष्कासनको सूचीमा रहेका अन्य आप्रवासीहरुलाई पनि क्रमिकरुपमा ल्याउन लागिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । त्यही अनुसार १ हजार ३६५ नेपालीलाई पनि कुनै पनि बेला फिर्ता ल्याइदिने अनुमान गरिएको छ ।




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।