ओलाकाे पहिलो इलेक्ट्रिक मोटरसाइकल रोडस्टर एक्स सार्वजनिक, मूल्य कति छ ?

Feb 07, 2025 06:01 PM Merolagani



भारतीय कार निर्माता कम्पनी ओला इलेक्ट्रिकले आधिकारिक रूपमा आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल रोडस्टर एक्स बिक्रीको लागि सार्वजनिक गरेको छ। यसअघि, ओला इलेक्ट्रिकले हालै भारतीय बजारमा आफ्नो तेस्रो पुस्ता (जेन ३) इलेक्ट्रिक स्कुटरहरू लन्च गरेको थियाे। 

अब भने, कम्पनीले याे माेटरसाइकल तीन फरक ब्याट्री प्याक दिइएकाे छ । याे माेटरसाइकल दुई भेरियन्टहरू, रोडस्टर एक्स र रोडस्टर एक्स प्लसमा उपलब्ध रहेकाे छ । 

रोडस्टर एक्स इलेक्ट्रिक बाइक कस्तो छ?

ओला इलेक्ट्रिकका संस्थापक तथा सीईओ भाविश अग्रवालले लन्च कार्यक्रममा भने,"हाम्रा इलेक्ट्रिक स्कुटरहरू पहिलो पुस्ताबाट सुरु भएका थिए, तर हाम्रो पहिलो इलेक्ट्रिक मोटरसाइकल तेस्रो पुस्ताको प्रविधिसहित सिधै बजारमा आउँदैछ। यस मोटरसाइकलमा फ्ल्याट केबल, मिड-ड्राइभ मोटर, उच्च ब्याट्री क्षमता र सिंगल एबीएस ब्रेक बाइ वायर प्रविधि प्रयोग गरिएको छ।"

फ्ल्याट केबल

एकातर्फ, रेगुलर मोटरसाइकलहरूमा, स्ट्याण्डर्ड तारकाे वायरिङ देख्न सकिन्छ। अर्काेतर्फ, ओलाले आफ्नो बाइकमा फ्ल्याट केबल वायरिङकाे प्रयोग गरेको छ। साेहि कारण, यस बाइकको मर्मतसम्भारलाई सजिलो बनाउने मात्र होइन, खराब वायरिङका कारण हुने कुनै पनि प्रकारको ब्रेकडाउनबाट पनि बचाउँछ। भाविश अग्रवाल भन्छन्,"हामीले फ्ल्याट केबलका साथ वायरिङ लोड ४ किलोग्रामबाट घटाएर ८०० ग्राम बनाएका छौं।"

पेटेन्ट गरिएको ब्रेक बाइ वायर टेक्नोलोजी

ओला इलेक्ट्रिकले रोडस्टर एक्समा आफ्नो पेटेन्ट गरिएको ब्रेक बाइ वायर प्रविधिकाे प्रयोग गरेको छ। कम्पनीले कुनै पनि सामान्य दुई पाङ्ग्रे सवारी साधनमा ब्रेक लगाउँदा गाडीको काइनेटिक एनर्जीबाट ताप उत्पन्न हुने बताएको छ। यसले ब्रेक प्याडको आयुलाई असर गर्छ र माइलेजमा पनि असर गर्छ।

तर यो नयाँ इलेक्ट्रिक बाइकमा प्रदान गरिएको ब्रेक बाइ वायर प्रविधिमा, पेटेन्ट गरिएको ब्रेक-सेन्सरकाे प्रयोग भइरहेको छ। यो सेन्सरले ब्रेकिङ ढाँचा मात्र पहिचान गर्दैन तर आपतकालीन ब्रेकिङ पनि पत्ता लगाउँछ। यो प्रविधिले मेकानिकल ब्रेकिङका साथै इलेक्ट्रोनिक ब्रेकिङ पनि उत्पन्न गर्छ। साेहि समयमा, काइनेटिक एनर्जी (गतिज ऊर्जा) बिजुलीमा परिणत हुन्छ र ब्याट्री चार्ज हुन्छ। यस प्रविधिको मद्दतले स्कूटरले १५ प्रतिशत बढी रेन्ज मात्र नपाएर स्कूटरको ब्रेक-प्याडकाे लाइफ पनि दोब्बर हुने कम्पनीको दाबी छ ।

कति रहेकाे छ यी भेरियन्टकाे मूल्य ?

यो बाइकको सुरुवाती मूल्य ७५ हजार भारतीय रूपैयाँ (एक्स-शोरूम) तोकिएको छ।

२.५ किलोवाट आवर ब्याट्री प्याक भेरियन्ट भएको रोडस्टर एक्सको बेस मोडेलको मूल्य ७४ हजार ९९९ भारतीय रुपैयाँ, ३.५ किलोवाट आवर ब्याट्री प्याक भेरियन्टको मूल्य ८४ हजार ९९९ भारू र ४.५ किलोवाट आवर ब्याट्री प्याक भेरियन्टको मूल्य ९९ हजार ९९९ भारतीय रुपैयाँ छ।

यसबाहेक, रोडस्टर एक्स प्लसको ४.५ किलोवाट आवर ब्याट्री प्याक भेरियन्टको मूल्य एक लाख ४ हजार ९९९ भारतीय रुपैयाँ र ९.१ किलोवाट आवर ब्याट्री प्याक भेरियन्टको मूल्य एक लाख ५४ हजार ९९९ भारु (एक्स-शोरूम) निर्धारण गरिएको छ। कम्पनीले यसलाई एक परिचयात्मक मूल्य भएको बताएको छ जुन पहिलो ७ दिनको लागि लागू हुने बताइएकाे छ।

रोडस्टर एक्स

कम्पनीले रोडस्टर एक्स तीन फरक ब्याट्री प्याकहरू (२.५ किलोवाट आवर, ३.५ किलोवाट आवर र ४.५ किलोवाट आवर) सहित लन्च गरेको छ। कम्पनीले यसलाई एकदमै फ्यूचरिस्टिक लुक र डिजाइन दिएको छ। यसैगरी, बेस मोडेलले सिंगल चार्जमा ११७ किलोमिटरको ड्राइभिङ रेन्ज दिन सक्षम हुनेछ भने मिड भेरियन्टले १५९ किलोमिटर र टप भेरियन्टले २५२ किलोमिटरको ड्राइभिङ रेन्ज दिनेछ। सबैभन्दा सस्तो मोडलले ३.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले दाबी गरेकाे छ ।

यी तीन भेरियन्टहरूको अधिकतम गति पनि क्रमशः प्रतिघण्टा १०५ किमी, प्रतिघण्टा ११७ किमी र प्रतिघण्टा १२४ किमी रहेकाे छ। यसमा सानो ब्याट्री प्याक भेरियन्ट ३.३ घण्टामा, मध्य भेरियन्ट ४.६ घण्टामा र माथिल्लो भेरियन्ट ५.९ घण्टामा चार्ज हुनेछ। यसमा तीन फरक ड्राइभिङ मोडहरू छन्। यसमा स्पोर्ट, नर्मल र इको मोडहरू समावेश छन्। जसले फरक सडक अवस्था अनुसार प्रदर्शन दिने कम्पनीकाे भनाइ छ।

रोडस्टर एक्स प्लस

कम्पनीले रोडस्टर एक्स प्लस दुई ब्याट्री प्याकहरू (४.५ किलोवाट आवर र ९.१ किलोवाट आवर) सहित प्रस्तुत गरेको छ। यसमा कम्पनीले आफ्नै भारत सेल ब्याट्री प्याक प्रदान गरेको छ। यसको मोटरले ११ किलोवाट पावर उत्पादन गर्छ र यसको अधिकतम गति प्रतिघण्टा १२५ किमी हुने कम्पनीले बताएको छ। यो मोटरसाइकलले केवल २.७ सेकेन्डमा ० देखि ४० किलोमिटरको गति दिने कम्पनीकाे भनाइ छ। यसको ९.१ किलोवाट आवर ब्याट्री प्याक भेरियन्टले एक पटक चार्ज गर्दा ५०१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ ।

के छन् विशेषताहरू ?

रोडस्टर एक्समा कम्पनीले एलईडी हेडल्याम्प, ४.३ इन्चको एलसीडी डिस्प्ले, फ्रन्ट डिस्क ब्रेक, क्रूज कन्ट्रोल, रिभर्स मोड, टायर प्रेसर अलर्ट, जियो फेन्सिङ, चोरी पत्ता लगाउने लगायतका सुविधाहरू प्रदान गरिरहेको छ। कम्पनीले यो इलेक्ट्रिक बाइकको उत्पादन सुरु गरेको छ। 

बुकिङ

ओला रोडस्टर एक्सको आधिकारिक बुकिङ पहिले नै सुरु भइसकेको छ। यसलाई आधिकारिक वेबसाइट र अधिकृत डिलरशिपहरूबाट ९९९ भारतीय रुपैयाँमा बुक गर्न सकिन्छ। याे माेटरसाइकलकाे डेलिभरी मार्चदेखि सुरु गर्ने कम्पनीकाे योजना रहेको छ।

एजेन्सी ।




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।