सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

Feb 09, 2025 10:44 AM Merolagani



माघ २७ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीकाे मूल्य घटेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँको गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।