आजदेखि कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो?

Feb 09, 2025 01:00 PM Merolagani



गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) आज (माघ २७ गते) आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको छ। कम्पनीले आजै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद आर्जित बीमाशुल्क ११ करोड ८७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी १५ करोड ३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी ८ करोड २७ लाख रुपैयाँ र कुल खर्च १३ करोड ८७ लाख रुपैयाँ रहेको छ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको महाविपत्ती कोषमा १३ लाख ५१ हजार रुपैयाँ, रिटन्ड अर्निङ्गमा ७७ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४१ पैसा रहेको छ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।