संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन, 'हाइ अलर्ट' मा बस्नुपर्ने

Feb 09, 2025 01:30 PM Merolagani



संसदीय समितिले शनिवार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ ।

आईतवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो । अनुगमन, निरीक्षण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरु आएको र आगलागीले धनको क्षति भएको बताए । उनले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ । पूर्वाधार विकास समितिका सम्पूर्ण मान्यज्युहरु टिम नै आउनुभएको छ । यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ । डकुमेण्टहरुमा केही पनि आगो लागेको छैन भनिएको छ । यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महशुस समितिले गरेको छ । अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ ।’

उनले आगामी दिनमा पूर्वतयारीका साथ काम गर्न महशुस देखिएको उल्लेख गरे ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।