'एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट देवघाटसम्म ल्याउन सकिन्छ'

Feb 09, 2025 05:56 PM Merolagani



भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउनसके नेपाललाई ठूलो आर्थिक लाभ हुने बताएका छन् ।

आईतवारको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रुपमा सम्भाव्य देखिएको बताए ।

उनले गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने दाबी गरे । उनले सोही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने बताए । यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको बताए। नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेको बताए।

उनले भने, ‘कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रुपमा सम्भाव्य देखिन्छ । सो गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ । यही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने देखिन्छ । यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको छ । यसैगरी नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेका छन् । एक अनुमानअनुसार नेपालमा ६ सयदेखि ८ सय किलोमिटरसम्म जलमार्ग बिस्तार गरी पानी जहाज सञ्चालन गरी यात्रु र माल सामान ओसारपसार गर्न सकिन्छ, उदाहरणको रुपमा कोशी, चतरादेखि भोजपुरको गोप्चेसम्म स्थलमार्गमा जाँदा घण्टौँ लाग्नेमा जलमार्गमा जम्मा १५ देखि २० मिनेटसम्म पुगिन्छ । जुन अहिले पनि सञ्चालन भइरहेको छ ।’

आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी छलफल शुरु भएको हो ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।