स्किल सेवाले राष्ट्रिय घर निर्माण फेस्ट अयोजना गर्ने

Feb 09, 2025 05:17 PM Merolagani



स्कील सेवाले राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव)को आयोजना गरेको छ । महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको कम्पनीले जनाएकाे छ ।

घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा आयोजकको रहेको छ ।

घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौं उपत्यकका नगरपालिकाहरू वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायताका अन्य इच्छुक व्यक्तिहरुले एउटै छानामुनि घर निर्माण एवं मर्मत संम्भारको बारेमा छलफल, अन्तरक्रिया गर्न सक्ने बताइएको छ । फेस्टको मूख्य अकर्षणहरूः सस्तो घर, बलियो घर, निर्माणसम्बन्धी मापदण्ड, र निमार्णसम्बन्धी अत्याधुनिक प्रबिधिको प्रयोग रहेको छ ।

घरको आधुनिक र पुराना डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोगलगायतका विषयमा पनि महोत्सवमा छलफल हुने बताइएको छ । महोत्सव आगामी फागुन १५, १६ र १७ गते काठमाडौंस्थित बुद्धनगरेको क्लालिटी ब्यान्क्वेटमा आयोजना गरिएको छ । विहान १० बजेदेखि साँझ ६ बजेसम्म महोत्सवमा सहभागी हुन सकिने आयोजक संस्थाले जनाएको छ ।

घर निर्माणका सन्दर्भमा आफूहरुले सचेतना फैलाउन महोत्सव आयोजना गरिएको बताईन् । ‘जो कोही पनि घर बनाउने इच्छुक हुनुहुन्छ, उहाँहरुलाई नै हामीले लक्षित गरेर यो प्रोगाम आयोजना गर्दैछौं,’ उनले भनिन् ।

यस फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायताका अन्य इच्छुक व्याक्तिहरूले एउटै छतमुनि घर निर्माण एवं विभिन्न मर्मतसंभार सम्बन्धी महत्वपूर्ण छलफल अन्तरकृया हुनेछ ।

यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिने बताइएको छ ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।