बजारको उच्च विन्दुको भार थेग्नको लागि फन्डामेन्टल बलियो बन्दै गएकाे छ

Feb 10, 2025 06:20 PM Merolagani



पछिल्लो ५ कारोबार दिनदेखि बजार निरन्तर रुपमा ओरालो गतिमा छ । गत मंगलबारदेखि बजार घट्दो गतिमा रहेको छ । आजको बजार १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा झरेको छ ।

बजारको सूचक घट्दा कारोबार रकममा समेत सुस्तता आएको छ । आज सोमबारको बजारमा ६ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । समग्रमा बजारले मौद्रिक नीति समीक्षा कुरेकाे देखिन्छ । केन्द्रीय बैंकले नीतिहरु खुकुलो बनाउने अपेक्षा अनुसार लगानीकर्ताहरु पर्खिरहेको अवस्था छ ।

बजारले यो २६ सयदेखि २७ सयको विन्दु साईडवयजमा चल्दा बजार बढ्नको लागि बलियो आधार निमार्ण गरेको लगानीकर्ता किशोर न्यौपानेले बताए । 'अहिलेको बजार बुल भइसकेको छैन । प्रि बुलको अवस्थामा छ । बजारको उच्च विन्दुको भार थेग्नको लागि फन्डामेन्टल बलियो बन्दै गएकाे छ,' उनले भने ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।