राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हुने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल

Feb 10, 2025 05:08 PM Merolagani



उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानून संशोधन गरिएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सांसदहरुका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेकोले सुरक्षित कारोबार ऐन संशोधन विधेयक ल्याउनुपरेको बताए ।

सुरक्षित कारोबार ऐनले मुलतः चल सम्पत्तिको धितोमा हुने कारोबारलाई सुरक्षित, व्यवस्थित एवं प्रभावकारी बनाई चल सम्पती उपरको दायित्व परिपालना गराउने उद्देश्य लिएको उनको भनाइ छ । उनले चल सम्पत्तिको धितोमा हुने कारोबारमा विश्वव्यापी रुपमा आएको परिवर्तन र साविकको कानूनी व्यवस्थाको कार्यान्वयनबाट प्राप्त विश्लेषणसहितको आधारमा प्रश्तुत संशोधन विधेयक संशोधन गरिएको जानकारी गराए ।

उनले भने, ‘विश्वव्यापीकरण, आर्थिक उदारिकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक त्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा कुनै व्यक्ति वा निकायबाट राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षति कारोबारसम्बन्धी व्यवस्था समयानुकुल बनाउन आवश्यक भएकोले यो संशोधन विधेयक पेस गरिएको हो । सुरक्षित कारोबार ऐनले मुलतः चल सम्पत्तिको धितोमा हुने कारोबारलाई सुरक्षित, व्यवस्थित एवं प्रभावकारी बनाई चल सम्पत्ति उपरको दायित्व परिपालना गराउने उद्देश्य लिएको छ । यस ऐनको मुख्य उद्देश्य यो छ । चल सम्पत्तिको धितोमा हुने कारोबारमा विश्वव्यापी रुपमा आएको परिवर्तन र साविकको कानूनी व्यवस्थाको कार्यान्वयनबाट प्राप्त विश्लेषणसहितको आधारमा प्रश्तुत संशोधन विधेयक संशोधन गरिएको छ । प्रश्ताविक संशोधन विधेयकका मुख्य विषेशताहरुमा साविकको ऐनमा चल तथा अमुर्त सम्पत्ति भनि छुट्याइएकोमा चल सम्पत्तिको परिभाषामा अमृत सम्पत्ति समेतलाई समेटी एकीकृत गरी स्पष्ट पारिएको छ । अधिकार पत्र, खरिद मूल्यसम्बन्धी धितोको हक, चल सम्पती, दायित्व परिपालना नभएको अवस्था, धितो दिने व्यक्ति, धितोको सम्पत्ति लागयतका शब्दावलीहरुलाई थप स्पष्ट गरिएको छ ।’

विधेयकमा अधिकार पत्र, खरिद मूल्यसम्बन्धी धितोको हक, चल सम्पत्ति, दायित्व परिपालना नभएको अवस्था, धितो दिने व्यक्ति, धितोको सम्पत्ति लगायतका शब्दावलीहरुलाई थप स्पष्ट गरी उल्लेख गरिएको मन्त्री पौडेलले बताए ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।