डिप्रोक्स र नेसनल माइक्रोफाइनान्सले क्रमशः २४ करोड ५६ लाख र २१ करोड ५२ लाख रुपैयाँ खु्द मुनाफा गरेका छन् । जीवन विकास लघुवित्तले २० करोड ५४ लाख, ग्रामीण विकास लघुविरुत्तले १८ करोड ४८ लाख, ग्लोबल आईएमई लघुवित्तले ११ करोड ७३ लाख, मेरो माइक्रोफाइनान्सले ११ करोड ८० लाख र स्वोराजगार लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ नाफा गरेका छन् ।
स्वरोजगार लघुवित्त, स्वावलम्बन लघुवित्त, विजय लघुवित्त, फष्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, सीवाइसीएल, कालिका माइक्रोफाइनान्स, सूर्योदय वोमी, मिथिला लघुवित्त, आरम्भ चौतारी, युनिक नेपाल, हिमालयन, आशा, स्वाभिमान, लक्ष्मी, उपकार, सपोर्ट, गुराँस, गणपति र एनएमबी माइक्रोफाइनान्सले १ देखि १० करोडको बीचमा नाफा गरेका छन् । माहुली, आत्मनिर्भर, उन्नति सहकार्य, एनआईसी एसिया, अभियान, धौलागिरी, मानुषी र समाज लघुवित्तको नाफामा चालु आवको ६ महिनामा १ करोड रुपैयाँ भन्दा मुनि रहेको छ । ६ महिनामा सामुदायिक, नेरुडे मिर्मिरे र इन्फिनिटी लघुवित्तको खुद नाफा ऋणात्मक भएको वित्तीय विवरण प्रकाशित गरेका छन् ।
विजय, हिमालयन, अभियान, धौलागिरी, सामुदायिक, नेरुडे मिर्मिरे र इन्फिनिटी लघुवित्तको वितरणयोग्य नाफा ऋणात्मक रहेकाे छ ।
प्रति शेयर आम्दानीमा मिथिला र ग्लोबल आईएमई अगाडि
चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा सबैभन्दा धेरै प्रति शेयर आम्दानी मिथिला लघुवित्त र ग्लोबल आईएमई लघुवित्तको रहेको छ । दुवै लघुवित्तले ६ महिनाको प्रति शेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा रहेको छ । ग्रामीण विकास लघुवित्त, युनिक नेपाल लघुवित्त, सीवाईसीएल लघुवित्त, नेसनल माइक्रोफाइनान्स, छिमेक लघुवित्त, उपकार लघुवित्त, जीवन विकास लघुवित्तले ६ महिनामा प्रति शेयर आम्दानी ३० रुपैयाँ भन्दा बढी गरेका छन्।
त्यस्तै डिप्रोक्स, स्वाभिमान, गुराँस, स्वरोजगार, सपोर्ट, किसान, आत्मनिर्भर र कालिकाको प्रति शेयर आम्दानी २० रुपैयाँभन्दा बढी रहेको छ । त्यस्तै विजय, मेरो, आरम्भ चौतारी, गणपति, हिमालयन लघुवित्तको प्रति शेयर आम्दानी १० देखि २० रुपैयाँको बीचमा रहेको छ । स्वावलम्बन, आरएसडीसी, लक्ष्मी, फष्ट माइक्रोफाइनान्स, सुर्योदय वोमी, आशा, माहुली, उन्नति सहकार्य, एनएमबी माइक्रोफाइनान्स, धौलागिरी, अभियान, मानुषी, एनआईसी एसिया, समाज लघुवित्तको प्रति शेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहेको छ ।
वितरणयोग्य प्रति शेयर आम्दानीमा ६ महिनाको वित्तीय विवरण अनुसार सबैभन्दा बढी जीवन विकास लघुवित्तको रहेको छ । कम्पनीले वितरणयोग्य प्रति शेयर आम्दानी ५३ रुपैयाँ ९१ पैसा रहेको छ । छिमेक लघुवित्तको वितरणयोग्य प्रति शेयर आम्दानी ४९ रुपैयाँ ७२ पैसा रहेको छ । युनिक नेपाल लघुवित्तको वितरणयोग्य प्रति शेयर आम्दानी ४२ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै साना किसान विकास लघुवित्तको वितरणयोग्य प्रति शेयर आम्दानी ३५ रुपैयाँ ७५ पैसा छ ।
सबैभन्दा धेरै पीइ रेसियो समाज लघुवित्तको रहेको छ । कम्पनीको कम चुक्ता पुँजी र न्यून नाफा भए पनि उच्च मूल्य भएपछि पीइ रेसियो सबैभन्दा बढी देखिएको हो । रिटर्न अन इक्विटी सबैभन्दा बढी गुराँस लघुवित्तको १९.५१ प्रतिशत रहेको छ भने रिटर्न अन एसेट साना किसान विकास लघुवित्तको १.२८ गुणा रहेको छ ।
खराब कर्जा युनिक नेपालको धेरै
रिपोर्ट सार्वजनिक गरेका ३९ वटा लघुवित्तमध्ये ३ वटा लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा माथि छ । युनिक नेपाल, आत्मनिर्भर र एनआईसी एसिया लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा बढी रहेको छ । सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको १६ प्रतिशत रहेको छ । ७ वटा लघुवित्तको ५ प्रतिशतदेखि १० प्रतिशतको बीचमा छ भने ६ वटा लघुवित्तको ५ प्रतिशतकै हाराहारीमा छ । बाँकी २३ वटा लघुवित्तको खराब कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतभन्दा मुनि नै रहेको छ । राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम खराब कर्जा भएको माइक्रोफाइनान्सलाई सामान्य अवस्थाको मानेको छ ।
नेटवर्थमा आत्मनिर्भर लघुवित्त अगाडि
३९ वटा लघुवित्तमध्ये सबैको नेटवर्थ १ सय रुपैयाँ भन्दा माथि नै रहेको छ । सबैभन्दा धेरै नेटवर्थ आत्मनिर्भर लघुवित्तको ३ सय ४० रुपैयाँ १७ पैसा रहेको छ भने सबैभन्दा कम सामुदायिक लघुवित्तको १ सय ७ रुपैयाँ रहेको छ ।
३ सय भन्दा माथि नेटवर्थ भएको कम्पनीमो आत्मनिर्भर र ग्रामीण लघुवित्त रहेकाे छ । २ सयदेखि ३ सय रुपैयाँ नेटवर्थ भएको कम्पनीमा युनिक नेपाल, जीवन विकास, सीवाईसील, छिमेक, साना किसान, समाज, नेसनल माइक्रोफाइनानस, स्वावलम्बन, उपकार, डिप्रोक्स र ग्रामीण विकास लघुवित्त रहेको छ । बाँकी २६ वटा लघुवित्तको नेटवर्थ २ सय मुनि नै रहेको छ ।
माइक्रोफाइनान्स भित्र सवा २ करोडदेखि सवा ४ अर्ब सम्मका कम्पनी
माइक्रोफाइनान्स कम्पनीभित्र अहिले सवा २ करोड चुक्ता पुँजी भएको कम्पनीदेखि सवा ४ अर्ब चुक्ता पुँजी भएका कम्पनीसम्म सूचीकृत छन् । ३९ वटा रिपोर्ट सार्वजनिक गरेका कम्पनीमध्ये साना
किसान विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३१ करोड रुपैयाँ छ भने दोस्रो धेरै चुक्ता पुँजी भएको कम्पनीमा छिमेक लघुवित्त रहेको छ । छिमेकको चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ रहेको छ । एनआईसी एसिया लघुवित्तको १ अर्ब ७३ करोड हुँदा स्वावलम्बन लघुवित्तको १ अर्ब ६५ करोड र नेरुडे मिर्मिरे लघुवित्तको १ अर्ब ३९ करोड, जीवन विकास लघुवित्तको १ अर्ब ३४ करोड, फष्ट माइक्रोफाइनान्सको १ अर्ब ३४ करोड, नेसनल माइक्रोफाइनान्सको १ र्अ ३३ करोड, मेरो माइत्राफाइनान्सको १ अर्ब ३२ करोड र सुर्योदय वोमीको १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुगेकाे छ ।
नेपालको शेयर बजारमा न्यून चुक्ता पुँजी भएका कम्पनीहरुको शेयर मूल्य बढी हुने गरेको छ ।माइक्रोफाइनान्सको सबैभन्दा कम चुक्ता पुँजी समाज लघुवित्तको २ करोड २८७ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्तका ७ करोड ८३ लाख रुपैयाँ रहेको छ । उपकार लघुवित्तको १० करोड, मानुषी लघुवित्तको १० करोड ९३ लाख, गुराँस लघुवित्तको ११ करोड ५८ लाख र सपोर्ट माइक्रोफाइनान्सको १२ करोड २४ लाख रुपैयाँ रहेको छ । बजारमा यी चुक्ता पुँजी कम भएका सबै कम्पनीहरुको शेयर मूल्य १ हजारभन्दा माथि नै रहेको छ ।