टेवा क्षेत्र नजिक सगरमाथा जलविद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Mar 15, 2025 06:39 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक ३.४६ प्रतिशत घटेको छ। गत साता ३७८८.६३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १३१.०५ अंक घटेर ३६५७.५८ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ।

यस साता सो कम्पनीको शेयरमूल्य ५४ रुपैयाँ घटेको छ। गत साता ७०१ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ६४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

टेवा क्षेत्र नजिक

यस साता कम्पनीको शेयरमूल्य घटेर टेवा क्षेत्र नजिक झरेको छ। हाल कम्पनीको टेवा क्षेत्र ५८० देखि ६२५ सम्म रहेको छ। आगामी कारोबार दिनमा कम्पनीको शेयरमूल्य उकालो लागेमा ७३० देखि ७६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र परीक्षण गरेको थियो।

बिक्रीकर्ता बलियो

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता कम्पनीको शेयरमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन पनि कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती नै बनाएको छ। जसले सो दिन पनि कम्पनीको शेयरमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ५ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ४ सिग्नल सफल भएका थिए भने १ वटामा स्टपलस गर्नु परेको थियो। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

कमजोर भोल्यूम

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको १ लाख ३२ हजार ७३५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ३७ हजार ६७८ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ३.५९ प्रतिशत कम हो।

बियरिश क्रशओभर

यस साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले बियरिश क्रशओभर बनाएको छ। कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै बियरिश क्रशओभर बनेको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा झरेको छ।


खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेपछि कम्पनीको खुद नाफा पनि घटेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६ करोड ५९ लाख रुपैयाँबाट घटेर ३ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १५ करोड २३ लाख रुपैयाँबाट घटेर ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १५ करोड ४४ लाख रुपैयाँबाट घटेर ११ करोड ३७ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५ करोड ७६ लाख रुपैयाँबाट घटेर ४ करोड ५३ लाख रुपैयाँमा झरेको छ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १५ करोड ३९ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७५ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ९७ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.६९ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड १२ लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ५७२ रुपैयाँ ७७ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ८०० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३४३ रुपैयाँ ६० पैसा रहेको छ।

ब्रोकर ६५ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ६५ ले कम्पनीको सबैभन्दा शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख १६ हजार ७९३ कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर २८ ले ६१ हजारभन्दा बढी र ५७ ले कम्पनीको करिब १७ हजार कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर २८ ले नै कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ८५ हजार २९६ कित्ता शेयर बिक्री गरेको हो।

मूल्य बढ्ने अपेक्षा घट्यो

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर ग्रीड जोन बाट न्यूट्रल जोनमा झरेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षा घटेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।