यस साता किन बनायो सुनको मूल्यले नयाँ रेकर्ड?

Mar 22, 2025 07:26 AM Merolagani



यस साता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले रेकर्ड बनाएसँगै नेपाली बजारमा पनि सुनको मूल्यले रेकर्ड बनाएको हो।

यस साताको बुधबार, छापावाल सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

साताको पहिलो दिन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको दोस्रो दिन अर्थात सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, बुधबार सोही रेकर्डलाई तोड्दै पुनः नयाँ रेकर्ड बनाएको हो। बिहीबार पनि रेकर्ड मूल्यमा कारोबार भएको सुन, शुक्रबार भने तोलामा १ हजार रुपैयाँ घटेर कारोबार भएको हो।

रुस युक्रेनबीचको युद्ध नरोकिएको र इजरायलले गाजामा पुनः आक्रमण थालेसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुको भनाइ छ।

यस साता नेपाली बजारमा चाँदीको मूलय भने केही घटेको छ। आइतबार प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी, साताको अन्तिम कारोबार दिन १ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ।




comments powered by Disqus

दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।