चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ४८.२६ प्रतिशत बढेको छ भने कुल आम्दानी ४.०१ प्रतिशत घटेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ११०.४९ प्रतिशत र कुल खर्च ४८.२१ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १४ रुपैयाँ ६२ पैसा घटेर १७ रुपैयाँ ७३ पैसामा झरेको छ। चैत अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३३.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ४६ पैसा रहेको छ।
२ अर्ब ५० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २४ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३८ करोड ४१ लाख रुपैयाँ रहेको छ।
