नेशनल लाईफ इन्स्योरेन्सका अध्यक्षको पद तथा गोपनियताको शपथ ग्रहण

Jun 25, 2025 02:05 PM Merolagani



नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले नेशनल लाईफ इन्स्योरेन्स (NLICL) की अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

असार ५ मा सम्पन्न ३७ औं वार्षिक साधारण सभावाट इन्स्याेरेन्सको सञ्चालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन्।

नेपाल बीमा प्राधिकरणको अध्यक्षले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए। सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फबाट आभार एवं धन्यवाद ज्ञापन गरेकी थिइन्।

उक्त समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो।

 



भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।