विलासिता कर फिर्ता नभएसम्म देशभरका सुन पसल नखोल्ने, बजेट यता सुन कारोबार ठप्प

Jun 29, 2025 05:44 PM merolagani



सरकारले गएको जेठ १५ गते बजेट सार्वजनिक गर्‍यो। जसमा सुन खरिदमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाउने विषय समावेश थिए।

जुन विषयलाई सुनचाँदी व्यवसायीले बजेट सार्वजनिक भएको दिन देखि नै विरोध गरे। तर सङ्गठित रुपमा भने उनीहरूले जेठको अन्तिम साताबाट आवाज उठाए। सुरुका दिनमा विरोध सामान्य देखिए पनि अहिले भने उक्त विरोधले कारोबार नै ठप्पको स्थितिमा पुर्‍याएको छ। केही दिन यता दशभरका व्यवसायीले सम्पूर्ण कारोबार नै ठप्प पारेर आन्दोलन गरिरहेका छन्। अहिले देशभरका सबै जसो सुन चाँदी पसल बन्द छन्। जबसम्म सरकारले विलासिता कर हटाउँदैन तबसम्म पसल नखोल्ने निर्णयमा व्यवसायी रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए”जबसम्म सरकारले विलासिता कर हटाउँदैन तबसम्म पसल खोलिने छैन ” शाक्यले भने।

शाक्यका अनुसार सुनचाँदीमा राणा शासनको बेलामा समेत यस्तो कर निर्धारण नगरिएको अवस्थामा अहिले आएर यस्तो कर लगाउनु भनेको व्यवसायीलाई मात्रै नभएर आम उपभोक्ताको सम्पत्ति माथि पनि गिद्धे नजर लगाउनु हो। त्यसकारण यो कर तुरुन्तै खारेज गर्नु पर्छ।

आन्दोलनमा उत्रिएका व्यवसायीसँग अर्थमन्त्रीले समेत भेटेर कुराकानी गरिसकेका छन्। तर भेटमा अर्थमन्त्रीले सरकारले लगाएको उक्त कर व्यवसायीले तिर्नु नपर्ने बरु उपभोक्ताले तिर्ने भएकोले व्यवसायीले आन्दोलन गर्नुको कुनै औचित्य नभएको भन्ने धारणा व्यक्त गरे। अर्कोतर्फ चोरी पैठारी रोक्न पनि यस्तो कर लगाइएको अर्थमन्त्रीको जिकिर थियो।  

तर अर्थमन्त्रीको उक्त जिकिरलाई व्यवसायीले निको मानेका छैनन्। बरु व्यवसायी र आम उपभोक्ता विरोधी अभिव्यक्ति मानेका छन्। सोही कारण उनीहरूले आन्दोलनलाई थप चर्काउँदै लगेका छन्। जबसम्म सरकारले नीति सच्याउँदैन तबसम्म उनीहरूको आन्दोलन जारी रहने बताइएको छ।

आन्दोलन चर्किँदै जाँदा मुलुकभर सुन कारोबार ठप्प छ। सरकारले बजेट घोषणा गरेकै दिन लागु हुने विलासिता कर अझै कार्यान्वयनमा आएको छैन। जबकि असार १ गते दिने नै उक्त कर व्यवसायीले उठाउनु पर्ने आन्तरिक राजस्व विभागको भनाई छ। तर व्यवसायी भने करमा समेत द्विविधा भएको बताउँछन्। ल,नयाँ किन्नेसित त कर लिने रे जसले पुरानो ल्याएका हुन्छन् तिनलाई के गर्ने ? स्पष्ट छैन। त्यसले गर्दा उक्त कर नत नयाँ न पुरानो कसैसित पनि अहिलेसम्म नलिएको व्यवसायी शाक्यले बताए।

यस अघि दैनिक पाँच किलोसम्म सुन बिक्री हुँदै आएकोमा अहिले भने त्यो पनि हुन सकेको छैन। अहिले सुको बिक्री ठप्पै रहेको शाक्यको भनाई छ। “पहिले कम्तीमा पनि पाँच किलोसम्म सुन बिक्री हुने गरेकोमा अहिले त्यो शून्य जस्तै छ। एक त मूल्य बढेर सुन किन्नै नसक्ने अवस्था छ भने अर्कोतर्फ कर सहित किन्दा अहिलेको मूल्य भन्दा १०/१२ हजार बढी तिर्नु पर्ने भएपछि सुनको मग नै शून्यमा झरेको छ ” शाक्यले भने।  




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।