यसकारण बिहानै आउने सुनकाे मूल्य आउँदैन बेलुकासम्म पनि

Jun 30, 2025 05:57 PM Merolagani



बिहानै आउने सुनकाे मूल्य जेठ १५ पछि भने बेलुकासम्म बल्लतल्ल मात्र आउने गरेकाे छ । सरकारले जेठ १५ गते ल्याएकाे आगामी वर्षकाे बजेटमा सुनमा कर लगाएपछि सुनचाँदी व्यवसायीले त्यसकाे बिराेध गरेका कारण  बिहानै आउने सुनकाे मूल्यकाे दररेटमा पनि असर परेकाे हाे । 

बजेटपछि बिहान १०.३० तिरकाे समयमा आउने सुनकाे मूल्य बेलुका मात्र र कहिले काँही मूल्य नै सार्वजनिक गरिदैन् । साेमबार पनि सुनकाे मूल्य बेलुका मात्र आयाे । यस दिन प्रतिताेला सुनकाे मूल्य १ लाख ८८ हजार १ सय कायम भएकाे छ । 

सर्वसाधारण भने बिहानैदेखि आज सुनकाे मूल्य कति भएकाे रहेछ भनेर साेधखाेज गर्छन् । तर, कतै पनि नपाउने गरेकाे बताउँछन् । 'सुनकाे मूल्य पाउन पनि एक सिंगे गैडा खाेजेजस्तै हुन लाग्याे,' एक ग्राहकले भने, 'सुन त किन्छु भन्दा पनि पाइँदैन् नै त्यसमाथि पनि अहिले त मूल्य नै थाहा नहुने भयाे ।'

व्यवसायीले आन्दाेलन गरेपनि सुनकाे मूल्य त ताेक्नु पर्ने उनकाे कथन छ । तर, पसल बन्द गरेर व्यवसायी आन्दाेलन उत्रेका कारण सुनकाे मूल्य पनि सार्वजनिक गर्न ढिलाे वा सार्वजनिक नै नगरिएकाे व्यवसायीकाे तर्क छ ।

सुनमा पनि घुस्याे राजनीति

सुनमा पनि राजनीति घुसेकाे केही व्यवसायीहरुकाे भनाइ छ । केही व्यवसायीले आन्दाेलनमा उत्रिएपनि सुनकाे मूल्य ताेक्नु पर्ने आवाज उठाउँदै आएका छन् भने अर्काथरी व्यवसायी भने पसल बन्द गरेर आन्दाेलनमा उत्रिएकाले सुनकाे मूल्य ताेक्न आवश्यक नरहेकाे बताउँछन् ।

सुन खरिद वा  बिक्री गर्न नपाएकाे दुखेसाे सर्वसाधारणकाे एकातिर छ अर्काेतिर कर बढाएकाेमा व्यवसायीकाे आफ्नै गुनासाे आफ्नै छ । 

दिनहुँ हुन थाल्याे प्रर्दशन

सुनमा चाँदी व्यवसायीहरुले दिनँहु जसाे राजधानीमा प्रदर्शन गर्न थालेका छन् । साेमबार पनि सुनचाँदी व्यवसायीहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन् । व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरुले माग गरेका छन् ।

प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाए ।

प्रदर्शनका क्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अव्यवहारिक भएको बताए । उनले विलासिलता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए।

अध्यक्ष बज्राचार्यले भने– ‘सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अनुचित हो । विलासिलता कर र रत्नआभूषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन रोकिँदैन । यो माग आम व्यवसायीको मात्रै नभएर आम उपभोक्ताको पनि हो । उनीहरुको हितका लागि हामीले आन्दोलन गर्नुपरिरहेको छ । माग पूरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ ।’

देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोप समेत उनले लगाए । उनकाअनुसार सरकारले सुनचाँदीमा विलाशिलता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्नेछ ।

सुनमा २ प्रतिशत र हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाइनु गलत हो । नेपाल र बाहिरी मुलुकमा तोलामा २०-२५ हजार नै सुनको भाउमा फरक छ । त्यो फरक पारिनु सरकारको कमजोरी हो । सरकारले मुलुक बाहिर र मुलुक भित्र सुनको भाउ समान बनाउन लाग्नुपर्छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।