अन्तिममा किन आयो बजारमा सप्लाई ?

Jul 20, 2025 06:00 PM Merolagani



पछिल्ला कारोबार दिनमा बजार उत्साहजनक रुपमा बढेको छ । चालु अर्थिक वर्ष सुरु भएपछिको आज दोस्रो कारोबार दिन बजारमा उतार चढाव आएर बन्द भएको हाे ।

बजार सूचक बढेर २९२२ वरपरको विन्दुमा पुगेको बजारमा अन्तिममा आएको सप्लाई कै कारण सो विन्दुमा टिक्न नसकेको हो । यसदिन नेप्से परिसूचक सामान्य अंक अर्थात ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा पुगेको छ । आजको बजारमा कारोबार रकम भने उच्च बढेको छ । यसदिन २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

शेयर बजारमा उतारचढाव हुनु स्वभाविक हो । आज उत्साहाजनक रुपमा बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा बजारमा अन्तिममा सप्लाइ आएको लगानीकर्ताहरुको बुझाई छ । लगानीकर्ताहरु एउटामा भएको नाफा सुरक्षि गरी अन्य क्षेत्रमा लगानी रणनीति अपनाउदा बजारमा दवाव परेको हो । सोही कारण राम्रो अंकले बढेको बजार झिनोमा खुम्चिनु परेको हाे ।

नीतिगत सहजता सुरु भएको छ । मौद्रिक नीतिले लिएको लचकता प्रति लगानीकर्ताहरु उत्साहित छन् । अर्को तर्फ ब्रोकरले लिमिट खुकुलो गर्न सुरु भएका छन् । असार मसान्तको व्यवस्थापनमा लगाएका संस्थागत लगानीकर्ताहरु थप रणनीति बनाएर बजारमा पुनः प्रवेश गर्ने रणनीतिमा रहेकाले बजारको अब दिशा सकारात्मक रहेको जानकारहरुको भनाइ छ ।




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।