शुभ लक्ष्मी कोषको प्रतिफल घोषणा

Jul 29, 2025 08:41 AM Merolagani



लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष (SLK) ले आर्थिक वर्ष २०८१/८२ को लागि प्रतिफल घोषणा गरेको छ। कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन १२ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ आज अर्थात साउन १३ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार साउन १२ गतेसम्म कायम इकाईधनीहरुले कोषको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

शुभ लक्ष्मी कोष एक खुलामुखि योजना हो। यस कारण सो योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांशबराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने सुविधा रहेको छ। सो सुविधा उपभोग गर्न चाहने इकाईधनीहरुले साउन १६ गते भित्र आफ्नो नाम दर्ता गराउन क्यापिटलले आह्वान गरेको छ।




नेपाल पुनर्बीमाले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jul 31, 2025 11:10 AM

नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औं बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।