एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ म्युचुअल फण्डहरुको लाभांश घोषणा, कसकाे कति?

Aug 03, 2025 11:24 AM Merolagani



एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभाश घोषणा गरेका छन् । क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबर प्रतिफल वितरण गर्ने भएका हुन ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३०(इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएका हुन ।

 

फण्डहरुको उक्त प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि साउन २९ गते एक दिन इकाइधनी पुस्तिका बन्द हुनेछ । फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न साउन २८ गते बुधबारसम्म इकाईधनी बन्नुपर्नेछ ।

 




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।