मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा, बुककलोज कहिले?

Aug 06, 2025 10:40 AM Merolagani



मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ (MNMF1) ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फण्डले कर सहित ३.८० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन २० गते बसेको फण्डकाे याेजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।




हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

Aug 19, 2025 10:10 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।