सुन र चाँदीको मूल्यको घट्यो

Aug 12, 2025 10:56 AM Merolagani



साउन २७ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिदबिक्री भएको छ । सोमबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।