गत साता २ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Aug 17, 2025 06:36 AM Merolagani



गत साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर बन्द भएको थियो। अघिल्लो साता २८५०.३७ विन्दुमा बन्द भएको नेप्से, गत साता २.१८ प्रतिशत अर्थात ६२.०१ अंक घटेर २७८८.३६ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ करोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

टेवा क्षेत्रमा

गत साता नेप्से घटेर टेवा क्षेत्रमा झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २७६० देखि २८०० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २८८० देखि २९२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, सातामा दैनिक घट्दो भोल्यूमले बजारमा सेलिङ्ग प्रेशर कम हुँदै गएको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ६९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १४ अर्ब ४८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४६.८५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुबै रेखाहरु बीचको दूरी फराकिलो बन्दै गइरहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्रीचाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Sep 01, 2025 06:02 AM

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।